आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबा पक्राउ
कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
११ वर्षीया आफ्नै छोरी माथि जबर्जस्तीकरणी गरेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको बताए ।
छोराछोरीसंगै सुतेका ती पुरुषले मध्यरातमा छोरीमाथि जबर्जस्तीकरणी गरेपछि परिवारकै अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य चेकजाँच भइरहेको र दोषीमाथि थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।