थप १३३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो
काठमाण्डौं : नेपालमा आज थप एक सय ७ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षण नतिजा अनुसार ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । अहिले सम्म कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९ सय ४७ जना कोरोना जीतेर घर फर्किएका छन् ।
क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ रहेको छ भने आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भईरहेको छ ।