Logo
१२ श्रावण २०८१, शनिबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभित्रको विवाद समाधान गर्ने उपाय खोज्दै ओली-प्रचण्ड

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तिरक विवाद कायम रहेकै बेला अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रबार दुई घण्टा छलफल भएको छ ।

शुक्रबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षले पार्टीमा देखिएको विवाद समाधानका उपायबारे आ-आफ्ना धारणा राखेको बताइएको छ । यद्यपि, दुबै पक्षले छलफलका विषय सार्वजनिक गरेका छैनन् ।

महिना दिनदेखि जारी रहेको स्थायी कमिटी बैठक त्यत्तिकै स्थगित गरिराखिएको छ भने केही नेताले केन्द्रीय कमिटी बोलाउन माग गरिरहेका छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग दाहाल-माधव नेपाल पक्षले गरेपछि नेकपामा सत्ताको किचलो चरम बनेको छ ।

यद्यपि, पछिल्लो समय प्रधानमन्त्री ओलीले आगामी मंसिरमा अर्ली महाधिवेशन गर्ने र त्यसमा नेतृत्व परिवर्तन गर्न प्रस्ताव गरेपछि विवाद केही मत्थर भएझै देखिन्छ ।

स्वयं दाहाल पनि महाधिवेशनको प्रस्तावमा लचिलो बनेको जनाइएको छ । यस्तोमा देशभर बाढी पहिरोको अवस्था रहेको भन्दै स्थायी कमिटी स्थगन गरिएको थियो ।

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्