Logo
१२ श्रावण २०८१, शनिबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले ओलीलाई भने- लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ रणनीति निर्माण गर्नुस्

काठमाण्डौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीलाई भिापति देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न आग्रह गरेको छ । देउवाले कोरोना सङ्क्रमणको जोखिम र बाढी पहिरोले पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराए ।

यस्तै बाढी पहिरोमा परेर देशका विभिन्न ठाउँमा धेरैको ज्यान गएको, अझै धेरै व्यक्ति बेपत्ता र घरबारविहीन भएकोले सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्नुपर्ने उनले बताए ।

लकडाउन गर्दासमेत कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाइएको भन्दै देउवाले कोरोना परीक्षण पीसीआर प्रविधिमार्फत मात्रै गर्न, क्वरेण्टीन मापदण्डयुक्त बनाउने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

देशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरे ।

 

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्