Logo
२ जेष्ठ २०८१, बुधबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपति : जो बाइडेन

पछिल्लो समयमा अमेरिकामा ट्रम्पलाई लिएर धरै टिकटिपोनी आईरहेको अवस्थामा अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलोपटक रंगभेदी राष्ट्रपति रहेको बताएका छन् ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाको शासनकालमा उपराष्ट्रपति रहेका बाइडेनले सर्भिस इम्पोइज इन्टरनेशनल युनियनको राउण्ड टेबलमा ट्रमपलाई रंगभेदी भनेका हुन् ।

कोरोना भाइरसलाई ट्रम्पले ‘चाइना भाइरस’ भनेको कुरालाई लिएर स्वाथ्यकर्मीको चासोबारे गरिएको प्रश्नको क्रममा बाइडेनले ट्रम्प अमेरिकाको इतिहासमा पहिलो रंगभेदी राष्ट्रपछि रहेको बताएका हुन् ।

बाइडेनले भने, ‘यो अति शर्मनाक कुरा हो कि ट्रम्पले व्यक्तिको छालाको रंग र उनीहरुको उनीहरुको वंशजको वा पृष्ठभूमिका आधारमा व्यवहार गर्छन् । अमेरिकाको इतिहासमा कुनै पनि बहालवाला राष्ट्रपतिले यस्तो गरेको थिएन । कहिल्यै पनि ।’

‘कुनै पनि रिपब्लिकन राष्ट्रपतिले यस्तो गरेका थिएनन् । कुनै डेमोक्र्याट राष्ट्रपतिले यस्तो गरेका थिएनन् । हाम्रोमा रंगभेदी छन्, उनीहरुको अस्तित्व छ र उनीहरुले निर्वाचित राष्ट्रपति चाहे र ट्रम्प पहिलो रंगभेदी राष्ट्रपति हुन् ।’

ट्रम्पको चुनावी अभियानकी शीर्ष सल्लाहकार क्याट्रिना पिएर्सनले बाइडेनको टिप्पणी ‘बुद्धिमान अश्वेत मतदाता’ को अपमान रहेको बताएकी छन् ।

ट्रम्पले सबै व्यक्तिलाई माया गर्ने र उनीहरुका लागि कडा मेहनत गरेको उनले दाबी गरेकी छन् ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्