Logo
१५ चैत्र २०८०, बिहीबार
(July 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना जोखिम बढेपछि राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

प्रदेश नं २ स्थित सप्तरीको सदरमुकाम राजविराजमा कोरोना जोखिम बढेपछि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंकाअनुसार आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआउँदासम्म कायमै रहनेछ ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि उनले जानकारी दिए ।राजविराजको वडा नम्बर ६ का ७३ वर्षका पुरुषको केही दिनअघि कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।

परिवारका पाँच जनासहित छरछिमेकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिएको हो ।

नगरपालिकाले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको जनाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालनमा रहने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

प्रकाशित मिति: Jul 23, 2020

प्रतिक्रिया दिनुहोस्