Logo
७ बैशाख २०८१, शुक्रबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको देवानगन्जमा प्रहरी र तस्करी समूहबीच गोली हानाहान, २ नेपाली पक्राउ

देवानगंज सिमा क्षेत्रको फाइल फोटो

प्रदेश १ स्थित सुनसरीको देवानगन्जमा प्रहरी र स्थानीय तस्करी (मालसमान ओसार पोसार गर्ने) समूहबीच गोलि हानाहान भएको छ। यद्यपी प्रहरीले भने उक्त समुह भारतीय हतियारधारी समुह रहेको दावी गरेका छन् ।

तर स्थानीयले बासिन्दाले भने उक्त समुह भारतीय नभई नेपालीहरु नै रहेको तर मलखाद्य ओसार गर्ने कार्यमा संगलग्न रहेको बताएका छन् ।

तस्करी र स्थानीय प्रहरीबीच साँटघाँट रहेको तर त्यसमा कुरा नमिल्दा होली हानहान भएको बताइएको छ । लकडाउनको समयमा यतिबेला सिमावर्ती क्षेत्रमा तस्करी फस्टाएको छ भने सिमावर्ती क्षेत्रका नेपाली र भारतीय युवाहरु मालसमान ओसार-पोसार गर्ने ब्यस्त देखिएका छन् ।

सुनसरी स्थित प्रहरी प्रमुख कमल थापाले २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ।

देवानगन्ज २ का पिन्टु यादव र वडा नम्बर ३ का राजेश यादवलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जिप्राका सुनसरीका अनुसार हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको थियो।

प्रहरी पुग्नासाथ उक्त समूहले फायरिङ गर्दै दशगजातर्फ जान खोजेपछि नियन्त्रणमा लिन फायरिङ गरेको प्रहरीले जनाएको छ। दुवैतर्फबाट १०र१२ राउन्ड फायरिङ भएको थियो।

समूहका अन्य पनि घाइते हुन सक्ने भन्दै प्रहरीले उनिहरुको खोजी गरिरहेको छ। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको छ।

सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ स्थित पानी ट्याङ्की नजिक गए राति उक्त घटना भएको हो  । घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए ।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए।

घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्