Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियोमार्फत दीपाश्रीलाई माफि दिन सबैसँग राजेश हमालको आग्रह

पछिल्लो समयमा दिपाश्रीले एक अन्र्तबातामा माहानायक पद राजेश हमाललाई दिएको बिषय उनले आफ्नो धारणा राखेकी थिइन् जसको कारण नेपाली समाजमा उनको एकदमै नराम्रो आलोचना हुन पुग्यो।

उनलाई दिपकराज गिरीसगँ जोडेर धरै टिकटिप्पनी भइरहेका छन् सो अवस्थामा विवादले खराब दिशा लिएपछि अभिनेता हमालले अन्ततः त्यसलाई साम्य पार्नका लागि आफ्नो तर्फबाट प्रयास गरेका छन्

हिजो राति एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् ।

भिडियोमा हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गर्दै उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्