Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिमियर लिग फुटबलमा नर्विच सिटीमाथि चेल्सीको संघर्षपूर्ण जित

प्रिमियर लिग फुटबलमा नर्विच सिटीमाथि चेल्सीको संघर्षपूर्ण जित हाँसिल गरेको छ

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा नर्विच सिटीलाई चेल्सीले १-० ले पराजित गरेको छ ।

चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ ।चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

टिम क्रुलको पासमा जिरउडले हेड मार्फत गोल गरेका हुन् । जितपति तेस्रो स्थानको चेल्सीको ३६ खेलबाट ६३ अंक भएको छ ।

चौथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक रहेको छ । पुछारको नर्विचले मात्रै २१ अंक जोडेको छ ।

प्रकाशित मिति: Jul 15, 2020

प्रतिक्रिया दिनुहोस्