Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएपछि मच्चियो खैलाबैला

सुर्खेत : प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोरोना  संक्रमण पुष्टि भएपछि कर्णालीमा खैलाबैला मच्चिएको छ ।  कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले जानकारी दिए ।

उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो । सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको । अहिले वीरेन्द्रनगरमै होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिवले बताए ।

स्वकीय सचिवका अनुसार सांसद बर्खे अधिबेशनभर संसद भवन र कोठा बाहेक बाहिर गएका थिएनन् । उनको दैनिकी संसद भवन र कोठा हुँदै बित्ने गरेको थियो । संसद अधिबेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्