Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे ३ महिनापछि रुपन्देहीमा चले सार्वजनिक बस

बुटवल : रूपन्देहीमा सार्वजनिक बस सञ्चालनमा आएका छन् । कोभिड १९ बाट बच्नकालागि सरकारले जारी गरेको लकडाउन साढे ३ महिना पछि लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकुलित (एसी) बस बुटवल-भैरहवा रूटमा सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समन्वय गरी सञ्चालनमा ल्याएको बताए ।

सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएको अध्यक्ष अधिकारीले बताए । समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एक/एक घण्टामा छुटनेछन् ।

अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।बुटवल-बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्