Logo
१५ बैशाख २०८१, शनिबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो समयमा गण्डकी प्रदेशमा पनि कोरोना संक्रमित बढीरहेको अस्थामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् ।

उनीहरुमध्ये ब्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ३० र ५६ वर्षीय ३ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय एकजना पुरुष छन् ।

त्यस्तै, पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष छन् । साथै, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरु षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आइतबारसम्म ११९२ पुगेको छ ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्