Logo
१५ बैशाख २०८१, शनिबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी (हेर्नुस् जस्ताको त्यस्तै भिडियो)

कान्तिपुर टेलिभिजनका प्रस्तोता एवं हाँस्य कलाकार सन्दीप क्षेत्रीले मधेसी समुदायसँग माफी मागेका छन्।

बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन्।

‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए। सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको भन्दै उनको विरोध गरिएको थियो।

उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताएका छन् ।

हेर्नुहोस् भिडियो :

https://www.facebook.com/birendra.km1/videos/3424299437602377/?t=2

 

प्रतिक्रिया दिनुहोस्