Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समय रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट आजबाट पुन: सुरु हने

कोरोना भाइरसको महामारीको कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट आजबाट पुनः सुचारु हुँदैछ । करिब ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।

घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो । इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट साउथह्याम्पटनमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

यस खेल कोरोनाको महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट हो । खेलाडीको सुरक्षा र कोरोनालाई मध्ये नजर गर्दै दुई टिमबीचको टेष्ट बन्द रंगशालामा हुनेछ ।

लामो समयपछि फर्कन लागेको क्रिकेटका लागि दुवै टोली उत्साहित रहेका छन् । दुवै टोली सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

इंग्ल्यान्ड पहिलो पटक बेन स्टोक्सको कप्तानीमा मैदान उत्रने छ । वेष्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्ने छन् । दुई टिमबीच तीन खेलको टेष्ट सिरिज हुनेछ ।

 

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्