Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमित बढेसँगै अस्ट्रेलियाले भिक्टोरिया र साउथ वेल्सको सिमाना बन्द गर्ने

पछिल्लो समयमा कोरोनामाहामरीले विश्वमुलुकलाईनै आतंकित बनाई रहेको अवस्थामा अस्ट्रेलियामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएपछि धेरै जनसङ्ख्या भएका आफ्ना दुई राज्य भिक्क्टोरिया र साउथ वेल्सबीचको सिमाना बन्द गर्न लागेको जनाएको छ ।

अहिलेसम्म अरु राज्यबीचको सिमाना बन्द भए पनि यी दुई राज्यबीचको सिमाना भने खुल्ला गरिएको थियो ।

पछिल्लो दुई हप्तामा अस्ट्रेलियामा बढेको कोरोना सङ्क्रमणको ९५ प्रतिशत भिक्टोरियाको राजधानीमा मात्रै भएकाले बुधबारदेखि सिमाना बन्द गर्न लागिएको भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्र्युजले बताएका छन् ।

तर प्रधानमन्त्री स्कट मोरिसन र एनएसडब्ल्यू प्रिमियर ग्लेडिस ब्रेजेकेलियनसँग पहिले पनि यसबारेमा कुरा गरेकोमा बन्द गर्न आवश्यक नठानेको उनको भनाइ छ ।

‘अहिले सिमाना बन्द गर्ने विषयमा सबैले सहमति जनाइसकेको छ’, डेनियल एन्ड्र्युजको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘कोरोना भाइरस फैलिनबाट रोक्न यो एउटै मात्र पूर्वसावधानीको उपाय हुन सक्छ ।’

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्