Logo
२६ असार २०८२, बिहीबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आज होइन, भोलीलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै माइतीघरमा प्रदर्शन

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न खोजिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

‘जय महाकाल’ लेखिएको टि-सर्ट लगाएका युवाहरूले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाइराख्न दबाव दिनुपर्ने बताए।

प्रदर्शनको नेतृत्व गरेका जय महाकाल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारी अर्जुनले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने बताए।

‘केपी ओलीलाई अहिले निकाल्ने भरै निकाल्ने?’ उनले भने, ‘हामी सबै युवा मिलेर उहाँलाई प्रधानमन्त्रीमा टिकाऔं। कुनै कमजोरी होला त्यसलाई युवाले सुधारेर जानुपर्‍यो बा। कमजोरी सुधारेर जानुपर्‍यो बा भनेर युवाहरू जानुपर्‍यो।’

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्