Logo
२४ श्रावन २०७७
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँग झण्डै ४० मिनेट छलफल गरी बालुवाटार फर्किए ओली

 

पार्टी भित्र संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याहन्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठक सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए ।

बालुवाटारबाट बिहान ११ बजेपछि शीतल निवास पुगेका प्रधानमन्त्री ओली झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गरी फर्किएका हुन् । बिहीबार बिहान ओली पक्षीय नेताहरु मध्यमार्गी विकल्प लिएर छलफलका लागि खुमलटार पुगेका थिए ।

नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।

त्यहाँबाट आफू पक्षीय नेताले ल्याएको सन्देश सुनेपछि ओली शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर शीतल निवासमा के कुरा भयो भन्ने खुलाइएको छैन ।

 

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार १२:१९

प्रतिक्रिया दिनुहोस्