Logo
१० असार २०८२, मंगलबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् आयोगमा निवेदन दिएको नेकपा एमालेका २१ पदाधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको जानकारी बाहिरीए पछि नेपाली राजनीति तरंगित भएको छ ।

गत १२ असारमा नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ ।

‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ता हुनुमा प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनका लागि यो चालबाजी रचेको नेकपाको स्थायी कमिटी वैठकमा केही नेताहरूले आरोप समेत लगाएका छन् ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ।

यि हुन् नेकपा एमालेका अध्यक्ष, महासचिव, पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु:

सन्ध्या तिवारी- अध्यक्ष

भगवती खड्का- उपाध्यक्ष

मनिष उपाध्याय- महासचिव

अस्मिता सुनार

दावा लामा

जयाराम रावत

खगेन्द्रप्रसाद भुसाल

हिराबहादुर बोहरा

राधा पुरी

तारादेवी शाही

पवन बिष्ट

निलम पोखरेल

किरण लामिछाने

उमेश महतो

उशाकुमारी झा

प्रदीपराज गिरि

पूर्णिमा तामाङ

निश्चल बस्नेत

सञ्जिव विष्ट

विनिता कार्की

विमला बिष्ट

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्