Logo
१५ कार्तिक २०८१, बिहीबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले ‘सत्ताच्यूत’ गर्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा बैठकमा हंगामा !

भारतले आफूलाई ‘सत्ताच्यूत’ गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमा बोलेपछि उनको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठकमा हंगामा मच्चिएको  छ।

आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक नै प्रभावित बनेको बालुवाटार स्रोतले बतायो ।

मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताए ।

त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने राखेको उच्च स्रोतले बतायो ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् ।

स्थायी कमिटी बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा आफूलाई भारतले हटाउन लागेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले थप अप्ठ्यारोमा पारेको छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्