Logo
१६ कार्तिक २०८१, शुक्रबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाजस्तै चीनमा नयाँ प्रकारको भाइरस भेटियो, महामारीको रुप लिन सक्ने खतरा

कोरोनाजस्तै नयाँ प्रकारको भाइरस चीनमा भेटिएको छ । चीनमा भेटिएको यो भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुको भनाई छ ।

यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ । नयाँ इन्फ्लुएन्जा भाइरसमा अहिले कोरोना भाइरसको जस्तै महामारीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित प्रारम्भीक अध्ययन प्रतिवेदन हेर्नुहोस

 

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्