Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेत र आबुधाबीबाट ३०१ नेपाली काठमाण्डौ आइपुगे

यतिबेला विदेशमा कोरोनाको कारण समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउनेक्रम जारीरहेको अवस्थामा आबुधावी र कुवेतबाट ३ सय १ जना नेपाली काडमाण्डौ आइपुगेका छन् ।

यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् ।यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाण्डौ आइपुगेको छ ।

आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ ।

कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ ।

जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् ।

यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

 

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्