Logo
५ जेष्ठ २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शितलनिवासमा रात्रीभोज : एमसीसीलाई राष्ट्रिय सहमतिबाटै टुंगो लगाउन राष्ट्रपतिको सक्रियता

राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे दलहरुभित्र उत्पन्न विवादपछि सक्रियता देखाएकी हुन् ।

भण्डारीले आज शितलनिवासमा रात्रीभोजसहित शिर्ष नेता, पूर्व प्रधानमन्त्रीका अलावा विज्ञहरुलाई समेत शितलनिवास डाकेकी छिन् । आज शितलनिवासमा रात्रीभोज सहितको भेला छ ।

विशेषगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र एमसीसीको विषयले मतभेद बढेको छ । दलहरुले देशको नयाँ नक्शामा राष्ट्रिय सहमति बनाएको अवस्थामा एमसीसीले आन्तरिक मतभेद बढेपछि राष्ट्रपति भण्डारीले सबैलाई एक ठाउँमा ल्याएकी हुन् ।

शितलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द्र, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरु, नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका प्रभावशाली नेताहरुलाई निम्तो गरिएको बुझिएको छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्