Logo
१० असार २०८२, मंगलबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकताको ७ वर्षे प्रावधानबारे जनता समाजवादीले सातै प्रदेश ७७ जिल्लाबाटै विरोध गर्ने

जनता समाजवादी पार्टीले सातै प्रदेश ७७ जिल्लाबाट नागरिकता सम्बन्धी विधेयकका प्रावधानको विरोध गर्ने भएको छ। वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने जनता समाजवादीको भनाइ छ।

असार १६ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने जनता समाजवादीले निर्णय गरेको हो। पार्टीका नेता बाबुराम भट्टराईले वैवाहिक नागरिकतामा महिला र पुरूषका विदेशी दम्पत्तिबीच विभेद हुन नहुने बताए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पास भएको नागरिका विधेयकमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधान छ।

उक्त प्रावधानमाथि जनता समाजवादीले विरोध गरेको हो। उनले वैवाहिक अंगीकृत नागरिकतामा पूरानै प्रावधान कायम राख्नुपर्ने बताएका छन्।

जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति निकालेर नागरिकताका प्रावधानबारे जिल्लाबाटै विरोध गर्ने उल्लेख गरेका हुन्।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्