Logo
५ जेष्ठ २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैतिर मेरा विपक्षी भए, पार्टीमा पनि भएपछि सबैभन्दा गाह्रो हुने रहेछ : केपी शर्मा ओली

नेकपा अध्यक्ष समेत रहेका (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री एवम् केपी शर्मा ओलीले आफू पार्टीमा चौतर्फी घेराबन्दीमा परेको बताएका छन्।

संसारभरि कम्युनिष्टहरू कमजोर भएको बेला नेपालमा दुई तिहाइ बहुमतको सरकार कम्युनिष्टको नेतृत्वमा बनेको अन्तर्राष्ट्रिय जगतलाई समेत मन नपरेको उनले बताए।

चौतर्फी समस्याका बीचमा पनि सरकारले सकरात्मक काम गरिरहेको भए पनि पार्टीभित्रै बाट साथ नपाएको ओलीको गुनासो छ।

लिम्पियाधुरासम्मको भू-भाग समेटेर नक्सा जारी गरेकोमा भारतीय पक्ष खुसी नरहेको ओलीले बताएको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए।

बुधबारदेखि सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको गुनासो गरे।

पार्टीभित्रका विपक्षीको सामान गर्न सबैभन्दा कठिन हुने ओलीको भनाइ थियो। उनले नेपालमा कोरोनाभाइरसका कारण भएको भनिएको संख्या पनि थोरै रहेको बताएका थिए।

राम्रो सोचले अध्यादेश ल्याइएको भए पनि पार्टीभित्रै बाट असहयोग भएको उनले बताएका थिए।

‘यही बेला भारतसँग सीमा विवाद झेल्नुपर्‍यो। सीमाको विषयमा भारतीय सेनापति बोल्नु भनेको हस्तक्षेप नै हो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती स्थायी समिति सदस्यले भने,’कोरोनाभाइरसको महामारी पनि यही बेलामा भयो। तर हामीले नियन्त्रणका लागि सक्दो काम गरेका छौं। यही बीचमा विकास निर्माणका काम पनि भएका छन्।’

‘मृत्यु भएका सबैको कोरोना कारण होइन। विश्व स्वास्थ्य संगठनका कारणले मात्रै यो संख्या देखिएको हो,’ ओलीले भनेका थिए,’कानुनी रूपमा देखाउन परेको भए पनि व्यवहारिक रूपमा यो संख्या यथार्थ होइन।’

‘विधेयकले पार्टी फुट्छ भनेर गलत कुरा गरियो। संवैधानिक आयोगहरूमा पनि पार्टीका मान्छेहरूलाई नियुक्त गर्न सकिन्थ्यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने,’हाम्रो आधा कार्यकालमा समेत संवैधानिक निकायमा नियुक्ति गर्न सकिएको छैन।’

‘हाम्रा साथीहरूले आफ्ना असन्तुष्टि पार्टीका बैठकमा राखे हुने हो तर बाहिर भन्दै हिँड्नुहुन्छ,’ उनले भने,’पार्टीका मान्छेले आलोचना गरेपछि जनताले पनि त्यही कुरा पत्याउँदा रहेछन्।’

बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीमा अहिलेकै भद्रगोल रहिरहे पार्टी विघटनको दिशामा जाने बताएका थिए।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्