Logo
५ जेष्ठ २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्तव्य व्यक्त गरेका थिए ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले सरकार, पार्टी र समग्र स्थिति तथा वर्तमान चुनौती र अवसरबारे विचार व्यक्त गरेको जानकारी दिए, अध्यक्षद्वयले कम्युनिष्ट विचारको आदर्श, मूल्यमान्यता र जनतमतका आधारमा सकारात्मक र नकारात्मक स्थितिको समीक्षा गरी सरकार र पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाका अनुसार कोभिड -१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पोरेशन सहायता (एमसिसी) र विविध कार्यसूची बैठकले अनुमोदन गरेको छ ।

विविधमा रुकुम (पश्चिम)मा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ताका कार्यसूची पनि अनुमोदन भएको छ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्