Logo
७ बैशाख २०८१, शुक्रबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विदेशमा समस्यामा परेका नेपाली उद्धारको लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

आज विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाण्डौ आउनेछन् भने पाँच ठाउँमा नेपालीलाई लिन जहाज जानेछन् ।

यस्तै नेपाली लिएर आएको टर्किस् एअरलाइन्सले २८० जना नेपालबाट यात्रु लिएर फर्कनेछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १५४ जना लिएर आउने तालिका रहेको विमानस्थलले जनाएको छ ।

आज कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने जनाइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाण्डौसम्म ल्याइदिइरहेको छ ।

आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ ।विमानस्थलले फर्कनेको तथ्याँक भने खुलाएको छैन ।

यस्तै इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८० जना फर्कने विमानस्थलले जनाएको छ । यो जहाजले फर्कंदा पनि नेपालबाट २८० जना नै लिएर जाने तालिका तय भएको छ ।

यस्तै आज हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने भएका छन् ।

हिमालय एअरलाइन्सको जहाज आज राति यूएईको आबुधाबी जानेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ ।

यस्तै कुवेतमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पनि चार्टर्ड उडान हुने भएको छ । यसअघि त्यहाँ आममाफीमा सहभागीलाई कुवेत सरकार आफैंले निःशुल्क ल्याइदिएको हो ।

आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीका लागि भने नेपाल एअरलाइन्सले पहिलो चार्टर्ड उडान भर्दैैछ ।आज राति नेपाल एअरलाइन्स कुवेत जाने तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै नेपाल एअरलाइन्स जापानको नारिता र हिमालय एअरलाइन्स कतारको दोहा जाने तालिका रहेको छ । दुवै जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ ।

आज साउदीको दमामबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत त्यहाँ समस्यामा रहेका १५४ जना नेपाली आज स्वदेश फर्किएका छन्।  नेपाली लिएर आएको जहाज केहीबेरअघि काठमाण्डौमा अवतरण गरेको हो ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्