Logo
५ जेष्ठ २०८१, शनिबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच डेढ घण्टा छलफल

प्रधानमन्त्री एवंम नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा करिब डेढ घन्टा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बतायो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा पेस गरिने एजेन्डा तय गर्नेबारे छलफल भएको स्रोतले बतायो ।
स्थायी कमिटी बैठक यही असार १० गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

यसअघि पनि पटकपटक स्थगित हुँदै आएको बैठकमा पेस गर्ने एजेन्डाबारे पनि एकमत भएको छैन । यसअघि सबै स्थायी कमिटी सदस्यको कोरोनाको पिसिआर परीक्षण नगरिएको भन्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले बैठक स्थगित गरेका थिए ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी, कोरोना भाइरस नियन्त्रणमा सरकारले खेलेको भूमिका, सरकार ल्याएको बजेटको समीक्षा, नयाँ नक्सा जारी भएपछिको राजनीतिक तरंग लगायतका विषयमा छलफल हुने सचिवालय स्रोत बताउछ ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्