Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने प्रावधानसहितको विधेयक विरुद्ध प्रदर्शन

नेपाली काँग्रेस र जनता समाजवादी र जनमत पार्टीले विदेशी महिलालाई नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि नागरिकता दिने नागरिकता विधेयकको विरोध गरेका छन् ।

आइतबार जनकपुरसहित प्रदेश नम्बर २ को विभिन्न स्थलमा विभिन्न पार्टी तथा संगठनले प्रदर्शन गरेका छन् । नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागेको सो प्रस्ताव खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल, जनता समाजावदी पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

त्यस्तै प्रदेश नम्बर २ को वीरगञ्ज, राजविराज, जलेश्वर लगायत विभिन्न जिल्ला सदरमुकाममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ७ वर्षपछि बुहारीलाई दिने अंगीकृत नागरिकताको कारण विवाहबारीलगायत नेपाल भारतबीच युगौंदेखि रहेको परम्परागत रोटीबेटीको सम्बन्ध र सांस्कृतिक सम्बन्धमा केन्द्रीय सरकारले प्रहार गरेको आरोप लगाएका छन् ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका थिए । अब यो विधेयक प्रतिनिधी सभामा पेश हुनेछ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्