Logo
५ जेष्ठ २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोको प्रश्न : ‘संविधानमा लगाइसकेको बन्देज अहिले फेरि ७ वर्षको प्रस्ताव किन ?’

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।

समितिको आजको बैठकमा राजपा सांसद महतोले ‘अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको छ’ उनले भने, ‘अहिले फेरि ७ वर्षको प्रस्ताव किन रु’ भन्दै प्रश्न गरे ।

सांसद महतोले ‘वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ रु गरेको छैन भने के का लागि जनता र उनीहरुको सम्बन्धलाई दण्डित गर्न खोजिएको हो रु’ उनले भने, ‘जनस्तरको सम्बन्ध टुटाउने काम गर्न हुँदैन ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विदेशी महिलाले विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने अहिलेकै प्रावधानको पक्षमा अडान दोहोर्‍याएको छ ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्