Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरमा गरी थप ५८६ जनामा संक्रमण, २० जनाको मृत्यु, संक्रमितको संख्या ७१७७ पुग्यो [Live भिडियो]

देशभरमा गरी कोरोना भाइरसका संक्रमित सख्या ५ सय ८६ पुगेको छ । योसँगै कुल संक्रमित संख्या ७ हजार एक सय ७७ पुगेको छ । यो अहिलेसम्मकै एकै दिन उच्च वृद्धि संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्या बारे जानकारी दिएका हुन् । उनले दैनिक संक्रमित संख्या वृद्धि भइरहेकाले सचेत हुन भनेका छन् ।

यसअघि हिजो कुल संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ । हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।

हालसम्म कोरोनाबाट मुत्यु हुनेको संख्या २० जना पुगेको छ । जसमध्ये १६ पुरुष र ४ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्