Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई निःशुल्क घर फर्किने व्यवस्था मिलाउन पर्छ’

सांसदहरुले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले नि शुल्क घर फर्किने व्यावस्था मिलाउन माग गरेका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकको शून्य समयमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद रामनारायण विडारीले महामारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नहुँदा फर्किन नपाएकोतर्फ ध्यानाकर्षण गराउँदै निःशुल्क अर्थात सरकारी खर्चमा नै घर फर्किने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सांसदहरुले ‘क्वारेन्टिन’ व्यवस्थित बनाउन र ‘पीसीआर’ परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विमला राई पौडेलले जनतालाई घर–घरमा सेवा दिने भनेर संघीय व्यवस्था लागू गरेपनि महामारीको रोकथामका लागि स्थानीय तहमा भएका क्वारेन्टिनको अवस्था अव्यवस्थित भएकोप्रति चिन्ता व्यक्त गरिन् ।

सांसद शेरबहादुर कुँवरले महामारी सुरु भएपछि सुदूपश्चिम प्रदेशमा भारतबाट ९० हजारभन्दा बढी नेपाली नागरिक भित्रिएको र प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्ति क्वारेन्टिनमा रहेपनि कोरोना परीक्षण हुन नसकेको बताए ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्