Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलाली बलात्कार घटनाबारे प्रधानमन्त्रीको प्रश्न गृहमन्त्रीको जवाफ

काठमाडौं : प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे चासो व्यक्त गरेका छन् । सो विषयमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको भन्दै देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।

यस्तै उनले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए । क्वारेन्टाइनको सुधार गर्न, के-के पुगेको छैन त्यसको ब्यवस्थापन गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले अघिल्लो बैठकमा क्वारेन्टाइन सुधारका लागि दिएको निर्देशन अनुसार कति काम भयो भनेर पनि मन्त्रीहरुसँग जवाफ मागेका थिए ।

यस्तै विदेशबाट नेपालीको उद्धार गर्ने विषयमा भइरहेको थप प्रगतिको बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्