Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी महिलाले ७ वर्षपछि नागरिक्ता पाउने ब्यवस्थाको विपक्षमा रहन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकताबारे साविककै व्यवस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिनुपर्ने व्यवस्था राख्न सत्तारुढ नेकपाभित्र लगभग एक मत छ। भने कांग्रेसले पुरानै अवस्थालाई निरन्तरता दिनुपर्ने अडान तय गरेको हो ।

राज्य व्यवस्था समितिमा रहेका आफ्ना सांसद, पदाधिकारी र पूर्वपदाधिकारीसहित सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले नागरिकता ऐन २०६३ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने पार्टीको पूर्ववत अडानमा यथावत रहने निर्णय गरेको हो।

साविकको व्यवस्थामा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले तुरुन्तै नागरिकता पाउने व्यवस्था छ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकबारे जानकारी दिँदै एक नेताले भने, ‘कांग्रेस अंगीकृत नागरिकताबारे साविकै व्यवस्था निरन्तर हुनुपर्ने पक्षमा उभिन्छ। राज्यव्यस्था समितिमा रहेका सांसदहरुलाई त्यहीअुनसार निर्देशन भएको छ।’

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति शशी श्रेष्ठले वैवाहिक अंगीकृत नगारिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता सरहको अनुमतिपत्र दिने प्रस्ताव पेश गरेकी थिइन्।

उक्त प्रस्तावलाई सभापति श्रेष्ठले मंगलबार नै बहुमतले पारित गर्न खोजे पनि कांग्रेसका सांसदहरुले पार्टीमा छलफल गर्न भन्दै एक दिनको समय मागेपछि बुधबारसम्मका लागि स्थगित भएको छ। समितिको बैठक बुधबार दिउँसो २ बजे बोलाइएको छ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्