Logo
५ जेष्ठ २०८१, शनिबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले नागरिकता विधेयकमाथि निर्णय लिन बोलायो बैठक

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारै टुंगो लगाउने प्रयास गरेको नागरिकता विधेयकको विषय निर्णय लिन कांग्रेसले बैठक बोलाएको छ।

मंगलबारको बैठकमा सभापति शशी श्रेष्ठले प्रस्तुत गरेको प्रस्तावमा कांग्रेसले निर्णय दिन नसक्दा  आजको बैठक बोलाएको हो ।

बुधबार बिहान १० बजे शेरबहादुर देउवा निवासमा हुने बैठकमा  शीर्ष नेता सहित समिति सदस्य, दलका प्रमुख सचेतक, सचेतकलाई बोलाइएको एक नेताले बताए।

पार्टीमा विधेयकका विषयमा फरक–फरक धारणा बनेपछि छलफलका लागि एक दिनको समय मागेको थियो। आजको बैठकबाट विधेयकलाई टुंगो लगाउने बताइएको छ।

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्