Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट आएकाहरुलाई राखिएको क्वारेन्टिनमा कमजोरी भयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनमा कमजोरी भएको स्वीकार गरेका छन् । नेपालमा कोरोना नियन्त्रणमै रहेको अवस्थामा भारतबाट ठूलो संख्यायामा मानिसहरु फर्किएपछि समस्या भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको बताएका छन् । यसमा कोही दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने उनले बताए ।

प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन मंगलबार बालुवाटार पुगेका थिए । उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।

जवाफमा प्रधानमत्री ओलीले कोरोनामा भएको खर्चको हिसाब आफूले पनि हेरिरहेको र दैनिक लेखा परीक्षण गर्न सम्भव नभएको भन्दै पछि छानबिन गर्दा तलमाथि देखिए सेनालाइ वा जो सुकैलाई नछाड्ने बताएका हुन् । भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्