Logo
२ जेष्ठ २०८१, बुधबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुझनुहोस् ! वास्तवमा डिप्रेशन के हो ?

कोरोना भाइरसको कारण पूरा विश्व त्रसित भएको समयमा धेरै मानिसहरु चिन्ताले डिप्रेशनमा जाने सम्भावना छ बढेको छ ।

मानिसहरुलाई आवस्तवमा डिप्रेशन  के हो भन्ने कुरानै थाहा छैन् । मानिसहरु चिन्तालाईनै  डिप्रेशन बुझने गर्छन् तर के चिन्ता डिप्रेशन  हो त ? बुझनुहोस् ! वास्तवमा डिप्रेशन के हो ?

डिप्रेसन एउटा मुड डिसअर्डर हो जसले निरन्तर दुखको भावना भएको महसुस गर्दै जाने र आफ्नो रुचि गुमाउने गर्दछ।

यसलाई प्रमुख डिप्रेशनर डिसअर्डर वा क्लिनिकल डिप्रेशन पनि भनिन्छ, यसले विभिन्न प्रकारका भावनात्मक र शारीरिक समस्या निम्त्याउन सक्छ।

धेरै मानिसहरु आफू  डिप्रेशनमा छन् भन्ने सचेतनै हुन्न ।

जब केही नराम्रो खबर आउँछ, वा केही काम गलत हुन्छ, जब हामी भन्छौं कि हामीले नराम्रो खाना खायौं, यो उदासिनता हो, डिप्रेसन होइन।

विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसन एउटा साधारण मानसिक रोग हो  । डिप्रेसन सामान्यतया मुडको अस्थिरता र छोटो अवधिको भावनात्मक प्रतिक्रियाहरू भन्दा फरक हुन्छ।

निरन्तर दुखी र पहिले जस्तो चीजहरूमा चासो नराख्ने लक्षणहरू।

डब्ल्यूएचईका अनुसार चिन्ता डिसअर्डर मानसिक रोग हो जुन डर र चिन्ताले देखाउँदछ। यसका धेरै प्रकारहरू छन्।

डिप्रेसन र चिन्ता फरकफरक भएतापनि चिन्ताले डिप्रेसन निम्त्याउन सक्छ र डिप्रेशनले चिन्तालाई निम्त्याउँछ।

डिप्रेसनले गर्दा धैरै मानिसहरु आत्महत्या पनि गर्छन् । त्यसअर्थ मानिसहरु आफू सचेत बसेर आफ्नो ध्यान राम्रो राम्रो काममा ,आफूलाई खुसी बनाउने काममा लगाउनुपर्छ ।

 

 

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्