Logo
२० बैशाख २०८१, बिहीबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै घरमा झुन्डिएर बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ABP NEWS का अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।

‘कोई पो चे’ बाट डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

प्रतिक्रिया दिनुहोस्