Logo
५ जेष्ठ २०८१, शनिबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेतृ सरिता गिरीको घरमा आक्रमण : प्रहरीले कालोझण्डा हटायो

हाल जसपामा परिणत भएको समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ आक्रमण भएको छ ।

नारा जुलुस सहित आएका युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । नेतृ गिरिले फेसबुकमा पोष्ट गर्दै उक्त कुराको जानकारी गराएकी छन् । यता उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ । गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्