Logo
२३ बैशाख २०८१, आईतबार
(June 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नक्सा समेतको संविधान संशोधन प्रस्तावमा सबै सांसदहरुको सर्मथन ! [छलफल Live]


प्रतिनिधिसभामा प्रस्तूत नयाँ नक्सा समेतको संविधान संशोधन प्रस्तावमा सबै सांसदहरुको एक मत देखिएको छ । नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि छलफल सुरू भएको छ ।

अहिलेसम्म बोल्ने सबै सांसदहरले उक्त प्रस्तावको सर्मथन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले छलफल अघि बढाएका हुन् । नेकपा सांसद कृष्णभक्त पोख्रेलले प्रस्तावको स्वागत गरेका छन् ।

उनले भारतले नेपालको भूमि कालापानीमा सेना राखेको भन्दै नेपालको स्वाधिनतामाथिको प्रहार भएको बताए । अहिले सो विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्