Logo
२२ बैशाख २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नक्सा समेत संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव माथि छलफल Live

नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि छलफल सुरू भएको छ । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

संशोधन प्रस्ताव पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले छलफल अघि बढाएका हुन् । नेकपा सांसद कृष्णभक्त पोख्रेलले प्रस्तावको स्वागत गरेका छन् ।

उनले भारतले नेपालको भूमि कालापानीमा सेना राखेको भन्दै नेपालको स्वाधिनतामाथिको प्रहार भएको बताए । अहिले सो विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्