Logo
५ जेष्ठ २०८१, शनिबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार सबै नागरिकमा न्यायको पहुँच पुर्‍याउने व्यवस्थामा लागिरहेको छ : कानुनमन्त्री तुम्बाहाङ्फे

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार सबै नागरिकमा न्यायको पहुँच पुर्‍याउन मोबाइल एपको माध्यमबाट हातहातमा कानुनको जानकारी पुर्‍याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री तुम्बाहाङ्फेले सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेत रहेको बताइन् ।

न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित गरिएको भन्दै उनले एकीकृत कानुनी सहायता नीति कार्यान्वनसँगै कानुनी सचेतना अभियानलाई आउँदो वर्ष प्रभावकारी ढङ्गले अघि बढाइने बताएकी छन् ।

उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपंक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र पालिकासँग छलफल गरेर अन्तिम टुङ्गो लगाइने स्पष्ट पारेकी छन् ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्