Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीबारे छलफल गर्न भोलि नेकपा सचिवालय बैठक बस्दै

पछिल्लो समय एमसीसीबारे विवाद बढ्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसीबारे छलफल गर्न भोलि सचिवालय बैठक बोलाएको छ ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार पछिल्लो समय एमसीसीबारे विवाद बढ्दै गएपछि एउटा निश्कर्षमा पुग्नेगरि नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

बैठक भोलि अपरान्ह ४ बजे बस्ने तय भएको छ ।  एमसीसीबारे पार्टीको निर्णयअनुसार नै आफू चल्ने बताउँदै आएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद भने एमसीसी पारित गराउने बताउँदै आएका छन् ।

तर, बरिष्ठ नेता झलनाथ खनाल, नेता भीम रावल सम्मिलित कार्यदलले एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्