Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले पछिल्लो पटक ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका हुन्। यी मध्ये ६ जना महिला छन्।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना पोजिटिभ पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ५२ पुगेको छ।

नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण १२ जनाको भने मृत्यु भइसकेको छ।

प्रकाशित मिति: Jun 6, 2020

प्रतिक्रिया दिनुहोस्