Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिभिन्न क्षेत्रका विज्ञसँग प्रधानमन्त्रीको ४ घण्टा छलफल, लकडाउन खुकुलो बनाउन सुझाव

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी लकडाउनबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो । बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।

तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा सहभागी एकले भने । सबैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले आधाभन्दा बढी सम्बोधन गरेका थिए ।

उनले पूर्वीय दर्शन र नेपाली औषधिजन्य जडिवुटीबारे पनि ध्यान दिन सुझाएका छन् । साथै सबैले उच्च मनोबल बनाउनुपर्नेमा जोड दिएको एक सहभागीले बताए ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्