Logo
११ बैशाख २०८१, मंगलबार
(June 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट भारतमा लकडाउन खुल्यो

छिमेकी देश भारतमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दाबढ्दै पनि आजबाट लकडाउन खुलेको छ ।

भारत सरकारले अनलक नाम दिएर आजबाट लागु हुने गरी तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो ।

कोरोना भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसके पनि भारतले लकडाउन खोलेको हो । अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ ।

जसमा रातको कफर्यु कायमै रहनेछ । कफर्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । जसमा मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् ।

धार्मिक संस्था आजबाट नै खोल्ने माग समेत भएको छ । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मल र सुपरमार्केटहरु खोल्ने अनुमति दिइएको छ ।

तर, उनीहरुले सावधानी अपनाउनुपर्ने छ । लकडाउन खुलेपछि अनलकको दोस्रो चरणमा स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरु खुल्नेछन् ।

शैक्षिक संस्थाको सवालमा राज्य सरकारहरुसँग परामर्श गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ ।

जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ । तीन महिनापछि विद्यार्थीहरु विद्यालय जानेछन् ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ ।

यसका लागि निश्चित नियम बनाइनेछ ।भारतमा लकडाउन खुलेको छ । नेपालमा ३२ जेठसम्म लकडाउन लम्ब्याइएको छ ।

सरकारले विभिन्न क्षेत्रमा खुकुलो बनाउँदै लाने नीति लिन लागेको संकेत गरिरहेको बेलामा भारतमा लकडाउन खुलेको अवस्थामा नेपालमा कस्तो निर्णय लिइएला भन्ने चासो बढेको छ ।

प्रकाशित मिति: Jun 1, 2020

प्रतिक्रिया दिनुहोस्