Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको जोखिमका बेला पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उेनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।

उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

“सञ्चारमाध्यमले औँल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ”, पूर्वप्रधानमन्त्री देउवाले भनेका छन् ।

उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए ।

उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्