Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

छिमेकी देश चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

छिमेकी देश चीनले सन् २०२० मा सैन्य बजेटमा ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो ।

संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ । गत वर्ष चीनको सैन्य बजेटमा ७.५ प्रतिशत वृद्धि गरिएको थियो ।

प्रकाशित मिति: May 22, 2020

प्रतिक्रिया दिनुहोस्