Logo
५ जेष्ठ २०८१, शनिबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्धो प्रेम : डोरी चुँडिदापनि मन नपग्लिएकी यी हुन् श्रीमानका हत्या योजनाकार निर्दयी श्रीमति

मानिस अन्धोप्रेममा परेपछि कतिसम्म निर्दयी हुन्छ भन्ने कुराको दुई दिनअघि इटहरी १२ खनार स्थायी घर भएका औषधी व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतिको योजनामा हत्या भएको घटनाले पुष्टि गरेको छ ।

श्रीमानले संचालन गरेको औषधी होलसेल पसलमा ४ बर्षसम्म काम गरेको सिरहाका ब्रम्महदेव साहसंग अन्धो प्रेममा परेकी श्रीमति मीना श्रेष्ठ दुलाल सहितको डेढ महिनाअघिको योजना अनुसार निर्मम तरिकाले देवीप्रसादको हत्या गरियो ।

मदिराले मातेपछि हत्या गर्न सजिलो हुन्छ भन्ने कुरा बुझेरै रातको समयमा मीनाले प्रेमी साहलाई मोबाईलमा फोन गरेर घर बोलाएकी थिइन् । मोटरसाईकल चढेर अर्का एक नाताले भाई पर्ने सोनु साह लिएर आएका ब्रम्महदेवलाई ढोका श्रीमति मीनाले खोलिदिएकी थिइन् ।

श्रीमान् मज्जाले निदाई नसकेको जनाउँदै घरको छततर्फ केही बेर बस्न लगाएकी उनले श्रीमान् निदाएपछि इसाराले ब्रम्महदेवलाई बोलाएकी थिइन् ।

ब्रम्महदेवले श्रीमान् देवीप्रसाद निदाएको कोठा प्रवेश गर्नसाथ प्लाष्टिकको डोरीले घाँटी थिचेका थिए । देवीप्रसाद विउजिएर प्रतिकारमा उत्रिएका थिए ।

सो क्रममा डोरी चुट्टीएको थियो । यी सबै घटनाबाट मन नपग्लिएकी श्रीमति मीनाले अर्को डोरी दिने शरिर थिच्ने काम गरेकी थिइन् । ब्रम्महदेवसंगै आएका सोनुले देवीप्रसादको खुट्टा थिच्ने काम गरेका थिए ।

घटनाको प्रकृति हेर्दा देवीप्रसाद बाँच्न र हल्ला गर्न निकै ठूलो प्रयास गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । प्रतिकारकै क्रममा उनको घाँटीमा लगाएको सुनको सिक्री दुई टुक्रा हुनुले पनि सो कुराको पुष्टि गरेको प्रहरीको भनाई छ ।

आवाज निस्कने डरले देवीप्रसादको मुखमा कपडाले थुनेको कोठाबाट प्रहरीले बरामद गरेको कपडाबाट प्रमाणीत भएको छ । निकै समय देवीप्रसादले आफ्नो ज्यान बचाउन संघर्ष गरेको देखिएको प्रहरीले जनाएको छ ।

यतिका गतिविधि हुँदा ढुंगाको मन भएकी निर्दयी श्रीमति मीनाको एकरत्ति पनि मन नपग्लिएको प्रहरीले जनाएको छ । मीना यत्तिसम्म निर्दयी हुनुमा उनको ब्रम्महदेव साहसंगको अन्धोप्रेमको पराकाष्टा बाहेक अरु केही नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।

४ बर्षसम्म आफ्नै औषधी पसलमा काम गर्ने ब्रम्महदेवसंग नचाहिदो सम्बन्ध मात्र नभई श्रीमान्ले आफुमाथि गरेका सबै क्रियाकलाप तत्कालै इमो लगायतका एपबाट तत्कालै ब्रम्महदेवलाई सुनाईहाल्नु र पछिल्लो समय श्रीमान्लाई सबक सिकाउन भन्दै ब्रम्महदेवसंग नजिक भएर कुराकानी गर्नुले उनिहरु बीचको प्रेमसम्बन्ध निकै झाँगिएको निश्कर्ष नजिक प्रहरी पुगेको छ ।

यद्यपी अनुसन्धान पुरा नभएको प्रहरीको भनाई छ । प्रहरीले अनुसन्धान पुरा गरेपछि पुनः थप कुराहरु सार्वजनिक गर्ने बताएको छ । प्रहरीले अन्धोप्रेमले पछिल्लो समय नेपालमा अपराध बढ्दै गएको जनाएको छ ।

सानै उमेरबाट एउटै गाँउमा हुर्किएका सगै पढेका र पेपर म्यारिज गरि डेनमार्कसम्म पुगेर दुःख गरेका देवीप्रसाद र मीनाले उत्तै प्रेम विवाह गरेका थिए । डेनमार्कबाट आएपछि विराटनगरमा औषधी व्यवसाय थालेका उनिहरुले व्यापारको लोडकम गर्न सल्लाहामै ब्रम्महदेवलाई ४ बर्षअघि कर्मचारीका रुपमा राखेका थिए ।

तर, ब्रम्महदेवले औषधीको व्यापारसंगै मीनासंग प्रेम समेत गरेको छिमेकीहरुको भनाई छ । पछिल्लो समय उनिहरु बीचको प्रेम झाग्दिै गएको धेरै प्रमाणहरु फेला पारेपछि देवीप्रसादले ६ महिनाअघि ब्रम्महदेवलाई पसलबाट निकालेका थिए ।

यो कुराले देवीप्रसाद र मीना बीच अलग अलग खाटमा सुत्ने अवस्थासम्म पुर्याएको थियो । उनिहरु अलग अलग खाटमा सुत्नुले पनि मीना ब्रम्महदेवसंग अन्धोप्रेममा लिप्त भईसकेको प्रमाणित भएको दुलालका आफन्तहरुको भनाई छ ।

श्रीमान् श्रीमतिको सम्बन्ध जस्तो नजिकको अरु कसको हुन्छ र ? तर, मानिसहरु अन्धोप्रेममा परेपछि कत्तिसम्म निर्दयी र अपराधिक मानसिकताले ग्रस्त हुँदा रहेछन भन्ने आफ्ना दाईको हत्या प्रकरणले देखाएको भाई आशिष दुलालको भनाई छ ।

यस्ता घटनाले श्रीमान् श्रीमतिको जस्तो मजबुद सम्बन्धमाथि पनि अनेक खालका शंका उपशंका गर्ने अवस्था सृजना भएको उनले बताए ।

प्रदेशपोर्टल बाट 

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्