Logo
२८ असार २०८२, शनिबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघ र सातै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन्।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)को विश्वव्यापी महामारी मध्यनजर गर्दै संघ र प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको थियो।

स्वास्थ्य मन्त्रालयले संघमा ३०० बेड र सात प्रदेशमा पनि सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको थियो। हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशालाको सम्पूर्ण संरचना निर्माण गरी आगामी आर्थिक वर्ष अन्त्यसम्ममा सञ्चालनमा ल्याउने प्रस्ताव गरेको थियो।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्