Logo
२३ बैशाख २०८१, आईतबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थतन्त्रमा बागमती प्रदेशको सबैभन्दा बढी योगदान

मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहेको छ । बागमतीको मुलुकको कुल जीडीपीमा ३५.८४ प्रतिशत योगदान रहेको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।

विभागले प्रादेशिक जीडीपी विवरण सार्वजनिक गर्दै सबैभन्दा बढी बागमती प्रदेशको देखाएको हो । बागमती बाहेक ६ ओटा प्रदेशको जीडीपीमा मुख्य योगदान कृषि क्षेत्रको छ ।

बागमतीको जीडीपी उपभोत्ता मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ रहेको विभागको अनुमान छ । देशको जीडीपीको आकार बढेर ३७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बागमतीको जीडीपी यो वर्ष घटेर १.८१ प्रतिशतमा संकुचन हुने विभागको अनुमान छ । बागमतीको जीडीपीमा खुद्रा तथा थोक व्यापारको सबैभन्दा बढी योगदान रहेको छ ।

जीडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको देखिएको छ । यस प्रदेशको जीडीपीमा ४.२७ प्रतिशत मात्र योगदान रहेको छ । कर्णालीको जीडीपी १ खर्ब ६१ अर्ब रुपैयाँ पुग्ने अनुमान विभागको छ । कर्णालीको जीडीपी घटेर ३.५८ प्रतिशतमा संकुचन हुने देखिएको छ । कर्णालीमा सबैभन्दा बढी योगदान कृषिको छ ।

दोस्रोमा प्रदेश नम्बर १ रहेको छ । उसको जीडीपीमा १५.८२ प्रतिशत योगदान रहेको छ । प्रदेश नम्बर १ को जीडीपी उपभोत्ता मूल्यमा ५ खर्ब ४४ अर्ब रुपैयाँ छ । गत वर्ष ७.४० प्रतिशत रहेको जीडीपी वृद्धि यो वर्ष घटेर ३.४१ प्रतिशतमा सीमित हुने विभागको अनुमान छ । यो प्रदेशमा पनि कृषिको सबैभन्दा बढी योगदान रहेको छ ।

प्रदेश नम्बर २ मा १३.७८ प्रतिशत योगदान रहने भएको छ । प्रदेश नम्बर २ को जीडीपीको आकार उपभोक्ता मूल्यमा ५ खर्ब १९ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । प्रदेश २ को जीडीपीको यो वर्ष घटेर २.२८ प्रतिशतमा सीमित रहने छ । यस्तै गण्डकी प्रदेशको जीडीपीमा ८.९० प्रतिशत छ ।

गण्डकीको जीडीपीको आकार बढेर ३ खर्ब ३५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ । गण्डकीको जीडीपी घटेर २.६८ प्रतिशत मात्र हुने अनुमान गरिएको छ । गण्डकीमा कृषिमा सबैभन्दा बढी योगदान छ ।

प्रदेश नम्बर ५ को जीडीपी १४.१८ प्रतिशत हुने छ । जीडीपीको आकार उभोत्ता मूल्यमा ५ खर्ब ३४ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । ५ नम्बर प्रदेशको जीडीपी पनि घटेर २ प्रतिशतमा संकुचन हुने देखिएको छ । जीडीपीमा कृषिको योगदान सबैभन्दा बढी छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्